२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा नेता मंगल गुप्ता एमालेमा प्रवेश

६ पुष २०७८, मंगलवार १०:५३

पुस ६, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका नेता मंगल प्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार कपिलवस्तुको बहादुरगंजमा आयोजित जनसभामा गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।

गुप्ता जसपाका केन्द्रीय सदस्य हुन्। २०७४ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी अभिषेकप्रताप सिंहसँग पराजित भएका थिए।

गुप्तासँगै अन्य जिल्ला स्तरीय नेता कार्यकता पनि एमाले प्रवेश गरेका छन्। यसअघि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए।

ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए। पश्चिम कपिलवस्तुका लोकप्रिय नेता मंगल गुप्ता एमाले प्रवेश गरेपछि अब जित्ने आधार बलियो भएको कपिलवस्तुका एमाले नेताहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ