२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्र कर्णालीले छान्यो ८८ प्रतिनिधि

२०७८, ७ पुष बुधबार ०६:१२

पुस ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनोट भएका छन्। जिल्लागत रूपमा पार्टी सदस्यका आधारमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको हो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि राजधानीमा सुरु हुँदैछ।

कर्णालीका दश जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ जना छनोट भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले जानकारी दिए। उनले यो संख्या जिल्लागत रूपमा पार्टी सदस्यता संख्या र संघीय संसदको निर्वाचन क्षेत्रका आधारमा छनोट गरिएको बताए।

माओवादी केन्द्रको परिपत्रअनुसार एक हजार पाँच सय सदस्यता बराबर एक जना प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रको प्रतिनिर्वाचन क्षेत्र दुई जना प्रतिनिधि छनोट गरिएको उनले बताए। उनका अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ जना छनोट भएका छन्।

डोल्पाबाट सबैभन्दा कम तीन जना मात्रै छनोट भएका छन्। त्यस्तै सुर्खेत र जाजरकोटबाट १०-१० जना, मुगुबाट पाँच जना, सल्यान र कालिकोटबाट ११-११ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। दैलेख, जुम्ला र हुम्लाबाट ७-७ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट भएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए।

‘दशै जिल्लाबाट सर्वसम्मत राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन भएका हुन्,’ उनले भने, ‘उहाँहरू सबै मंसिर २५ देखि २८ गतेसम्म भएको प्रथम प्रदेश अधिवेशनबाट छनोट भएका हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से