२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन वार्ता टोली गठन

२०७८, ७ पुष बुधबार ०६:२४

पुस ७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो।

उक्त टोलीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्ने भएको हो। जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन मंगलबार लोसपाले पनि वार्ता समिति गठन गरेको हो। लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको छ।

पार्टीको निर्णयबमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतिका लागि वार्ता टोली गठन गरेको लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए। भोलि बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत शुरु गरेका हुन्।

जसपाका प्रदेशसभा सदस्यले सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको जसपाका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले जानकारी दिए। जसपाले पनि प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी