२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

७ पुष २०७८, बुधबार ०७:४०

पुस ७, काठमाडौँ | प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो।

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ र दोस्रो दिन पुस ६ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। यो अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बसिरहेको हो। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन। एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ।

संसदमा विपक्षी दलले उठाएको विषय अदालतमा विचाराधीन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न सभामुखले आग्रह गर्दै आएका छन्। संसदबाट निकास ननिस्कने र अदालतमा विचाराधीन विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरूको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आबद्ध कार्यव्यवस्थाका सदस्यहरूलाई सभामुखले आग्रहसमेत गर्दै आएका छन्। आजको बैठकमा कार्यसूचीलाई अन्तिम रूप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ