२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले देशलाई अराजकतातर्फ लैजान खोज्यो : खनाल

७ पुष २०७८, बुधबार ११:२९

पुस ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्। बुधवार संसद बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाए।

‘संसद अवरोध गर्नु मूर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन। संसद जनताको आवाज उठाउने थलो हो। यो थलोलाई नै बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?,’ उनले भने, ‘यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारि प्रवृत्ति हो। धुन्धुकारि प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ।’

खनालले एमाले नेतृत्व धुन्धुकारि प्रवृत्तिबाट ग्रस्त बनेको टिप्पणी पनि गरे। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो भए पनि एमालेले त्यसको गरिमा बुझ्न नसकेको नेता खनालले आरोप लगाए। विचार सकिएको एमालेले गरिरहेको बल प्रयोग मूर्खतापूर्ण भएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ