२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसकाे अधिवेशनस्थल तनावग्रस्त : दुई पक्षबीच कुटाकुट

७ पुष २०७८, बुधबार ११:४४

पुस ७, काठमाडौँ | राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नाराबाजी गर्न थालेपछि प्रदेश २ मा आज सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको छ।

प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्को प्यानल प्रतिस्पर्धामा छन्। बिहानदेखि सुरु हुनुपर्ने मतदान ढिलो भएपछि निधि समूहका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए। निधि समूहले राति चुनाव गर्न पाइँदैन भनेर नाराबाजी थालेपछि जसरी पनि चुनाव हुनै पर्छ भन्दै देउवा पक्षधर नेता कार्यकर्ता पनि नाराबाजीमै उत्रिका थिए। दुवै पक्ष एकअर्काविरुद्ध चर्का र अश्लील नाराबाजीमा उत्रिएनन् मात्र, कुटाकुटमै सक्रीय भए।

महाधिवेशनको सुरक्षमा खटिएका सुरक्षाकर्मीले उनीहरुको झडप नियन्त्रणमा लिन सक्ने स्थिति थिएन। चर्को नाराबाजीसहित झडप भइरह्यो। अहिले पनि महाधिवेशनस्थल रणमैदानमा परिणत भएको छ। केही नेता तथा कार्यकर्ता घाइते भएका छन्।

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ