२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउन सक्छ’

८ पुष २०७८, बिहीबार १०:२०

पुस ८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा प्रचण्डले एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अनावश्यक दबाब नदिने पनि बताए। उनले एमसीसीको विषय प्रधानमन्त्री देउवाले बुझेको र अनावश्यक रूपमा दबाब नदिने आशा व्यक्त गरे।

‘हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो। बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने (एमसीसीबारे) कि भन्ने थियो। हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो। प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन,’ उनले भने।

तर, प्रचण्डले अमेरिकी परियोजना एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउन सक्नेतर्फ भने सचेत हुनपर्ने बताए। उनले अझै दलहरु र राष्ट्रिय रुपमा पनि समझदारी बनाएर मात्रै एमसीसी अगाडि बढाउन सकिने पनि बताए। ‘एमसीसीमा जबरजस्ती गरिए अफ्ठ्यारो अवस्था आउँछ। त्यही भएर हामीले बनाएको कार्यदलले त्रुटी अध्ययन गरिरहेको छ,’ प्रचण्डले भने, ‘एमसीसीले समय लियो नै भने पनि अझै केही सुधारको गुञ्जायस छ। त्यस्तो भयो भने मानौं अफ्ठ्यारो नै पर्यो भने पनि एमसीसीकै कारण गठबन्धन टुट्दैन। फुट्नु पनि हुँदैन, फुट्न दिनु पनि हुँदैन। म त्यस्तो हुन दिन्नँ।’

उनले एमसीसी सैन्य रणनीतिको अंग हो भन्ने कुरा आएकाले यसमा प्रष्ट नभएसम्म अघि बढ्न नसक्ने बताए। ‘एमसीसी सैन्य रणनीतिको अंग हो भन्ने भयो। यो विषयमा जहाँनिर त्रुटी भएका छन्। पहिलो सहमतिबाट अर्को सहमतिमा किन लगियो प्रष्ट पार्यनुपर्छ। जुन जुन प्रावधानले नेपाललाई अफ्ठ्यारो पारेका छन् तिनको संशोधन गरौं।’

प्रचण्डले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनपछि एमसीसीका विषयमा छलफल हुने पनि बताए। ‘प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा मेरो कुराकानी भएको थियो। हाम्रो माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ