२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीहरु गाउँ-गाउँमा शिला खोज्दैछन् : ‘प्रचण्ड’

९ पुष २०७८, शुक्रबार ११:३२

पुस ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।

शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफूहरुसँग मात्रै रहेको पनि बताए । उनले भने, ‘अहिले केही मान्छे गाउँगाउँमा शिला खोज्दै हिँडेका छन्, तर सुनारको सय चोट लोहारको एकैचोट भन्ने यो सन्देश दिन चाहान्छु।’

उनले केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न चाहिरहेको भन्दै एमालेसँगको एकताको चाहाना हुँदाहुँदै पनि विविध शक्ति मिलेर सफल हुन नदिएको बताए । उनले भने, ‘हामी राष्ट्रिय एकताको झण्डा उचो राख्न चाहान्छौँ । केही समयपछि नै स्पस्ट हुनेछ । कि को विजयी हुने हो, को होइन भन्ने कुरा।’

उनले केपी शर्मा ओलीले अहिले जतिसुकै चर्का कुरा गरे पनि जनताले आगामी निर्वाचनमा हैसियत देखाइदिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा