२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीमा सबैको भावना समेटेर हिँड्छु : देउवा

१० पुष २०७८, शनिबार ०७:५५

पुस १०, काठमाडौँ | नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै मतदानको भावनालाई समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्। केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा सभापति देउवाले आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका हुन्।

उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने पनि बताए। सभापति देउवाले भोट आफूलाई हाल्यो हालेन नभनी सबैको सभापति बन्ने बताए। ‘म सबैलाई समावेश गरेर सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु,’ उनले भने।

देउवाले आफूलाई विश्वास गरेर सभापति निर्वाचित गराएकोमा खुसी व्यक्त गरे। उनले भोलिका दिनमा काँग्रेसलाई अगाडि बढाउने बताए। ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ,’ उनले भने।

काँग्रेस समावेशी रहेको र भोलिका दिनमा अझै मतदाता थप गरी त्यसलाई सुनिश्चित गर्दै लानुपर्ने उनले बताए। ‘काँग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरू पार्टी छ जस्तो लाग्दैन,’ देउवाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा