२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीमा सबैको भावना समेटेर हिँड्छु : देउवा

२०७८, १० पुष शनिबार ०७:५५

पुस १०, काठमाडौँ | नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै मतदानको भावनालाई समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्। केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा सभापति देउवाले आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका हुन्।

उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने पनि बताए। सभापति देउवाले भोट आफूलाई हाल्यो हालेन नभनी सबैको सभापति बन्ने बताए। ‘म सबैलाई समावेश गरेर सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु,’ उनले भने।

देउवाले आफूलाई विश्वास गरेर सभापति निर्वाचित गराएकोमा खुसी व्यक्त गरे। उनले भोलिका दिनमा काँग्रेसलाई अगाडि बढाउने बताए। ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ,’ उनले भने।

काँग्रेस समावेशी रहेको र भोलिका दिनमा अझै मतदाता थप गरी त्यसलाई सुनिश्चित गर्दै लानुपर्ने उनले बताए। ‘काँग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरू पार्टी छ जस्तो लाग्दैन,’ देउवाले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन