२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले सत्ता गठबन्धन भत्काउने षडयन्त्रमा छ : प्रचण्ड

१० पुष २०७८, शनिबार ०८:२७

पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी परिमार्जन विना पारित नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले परिमार्जन नगरी एमसीसी स्वीकार्न नसकिने स्पष्ट पारे।

‘अनुदानको रकम फिर्ता जावस् भन्ने पक्षमा हामी छैनौं। तर परिमार्जन विना स्वीकार गर्ने पक्षमा हामी छैनौं। अमेरिकीहरूसँग मेरो कुरा भइराखेको छ। मैले विना परिमार्जन सम्भव छैन भनिरहेको छु,’ उनले भने। प्रचण्डले पाँच दलीय गठबन्धन टुटाउने एमाले षडयन्त्रलाई असफल बनाउन र बलियो एकता निर्माण गर्नेतर्फ आफूहरू केन्द्रित रहेको बताए।

‘एमाले यो गठबन्धन टुटाउन जे पनि गर्ने भनेर वक्तव्यबाजी गरिरहेको छ। हामी मजबुत एकता बनाउने गरी मिहिनेत गरिरहेका छौं,’ उनले भने। एमाले अझै पनि प्रतिगमनतर्फ उन्मुख भएकाले उसले प्रतिनिधिसभामा अवरोध कायम राखेको प्रचण्डको आरोप छ। ‘एमाले गुटले दिनदिनै अवरुद्ध गरेको छ। संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगले त्यो छुट नदिए पनि प्रतिनिधिसभा काम छैन भन्ने साबित गराउन सदन चल्न दिएको छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक