२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ जिम्मेवारीबाट उत्साह र डर दुवै छ : गगन थापा

१० पुष २०७८, शनिबार १०:०७

पुस १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ जिम्मेवारीबाट आफूलाई उत्साह र डर दुवै रहेको बताएका छन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापाले जिम्मेवारी फेरिएकोले उत्साह र डर दुवै रहेको बताएका हुन्।

‘केन्द्रीय समितिमा मेरो यो तेस्रो कार्यकाल हो,’ पहिलो केन्द्रीय समितिको बैठकपछि थापाले भने, ‘अहिले जिम्मेवारी फेरिएको छ। गह्रुंगो जिम्मेवारी पूरा गर्न उत्साह र डर दुवै लागिरहेको छ।’

महामन्त्रीको जिम्मेवारीपूर्ण हैसियतमा पार्टीलाई एक ढिक्का बनाएर विधानपूर्वक सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए।

‘हामी दुईजना महामन्त्री छौं। पार्टीलाई विधानपूर्वक सञ्चालन गराउने मुख्य अभिभारा हाम्रो हो,’ थापाले भने, ‘यसका लागि कुनै कसर बाँकी राख्दैनौं।’

शनिबारदेखि औपचारिक रूपमा काम सुरू भएको भन्दै देशभर कांग्रेसलाई मजबुत बनाउन गहनताका साथ छलफल अगाडि बढाइने उनले बताए।

‘आजबाट औपचारिक रूपमा काम सुरू भएको छ। केन्द्रीय समितिको पहिलो बैठक पनि सकिएको छ,’ उनले भने, ‘आजैबाट हामी पदाधिकारीहरू छलफलमा जुटिरहेका छौं। देशभर देखिएको उत्साहलाई थप ऊर्जा दिन र तल्लो समितिलाई जिम्मेवारी दिने विषयमा कुराकानी सुरू गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ