२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी अमेरिकाको दबाब र प्रभावमा पर्नुहुँदैन : प्रचण्ड

१० पुष २०७८, शनिबार ११:१७

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। तर, त्यसका लागि एमसीसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि उनले बताए।

‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रबिन्दुमा राखेर एमसीसी परियोजना अगाडि बढ्छ,’ प्रचण्डले भने, ‘एमसीसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको शपथग्रहण कार्यक्रममा उनले एमसीसी पास गर्न संशोधन आवश्यक रहेको बताए।

प्रचण्डले अमेरिकाको दबाब र प्रभावमा नेपाल पर्न नहुने बताए। एमसीसीको विषयमा दाहालले दुवै देशबीच स्पष्ट हुन आवश्यक रहेको उनको भनाइ छ। ‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौं,’ उनले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ।’

प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटि भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा सुरु गरेको बताए। आइतबार सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल