२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय कमिटीकाे आकार बढाउँदै माओवादी केन्द्र

११ पुष २०७८, आईतवार ०८:५१

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् । 

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ’, उनले भने । नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य केही बढाउने गरी आजको बैठकमा प्रस्ताव पेश भएको उनकाे भनाइ छ ।

यस्तै पदाधिकारी पनि १५ सदस्यीय रहने प्रस्ताव गरिएको छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा