२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

११ पुष २०७८, आईतवार ०९:५९

पुस ११, काठमाडौँ | नेपाली काँग्रेसले महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानको धारा २६१ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम काँग्रेसले शनिवार आयोगमा दल दर्ता गराएको जानकारी दिए।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० काँग्रेसले आयोगमा दल दर्ता गराएको हो। प्रवक्ता पौडेलका अनुसार शनिवार दिउँसो १४ औँ महाधिवेशनबाट निर्वाचित संघीय, प्रदेश (समावेशी) कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको छ। दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखा परीक्षणको प्रतिवेदन पनि काँग्रेसले आयोगमा बुझाएको छ।

आयोगमा दल दर्ता भएसँगै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने भएको छ। २०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो। निर्धारित मितिमा महाधिवेशन नभएर पटक-पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा दल दर्ता गर्नुपर्ने भएपछि भने काँग्रेसमाथि महाधिवेशन गर्नै पर्ने दबाब बढेको थियो। किनभने संविधानको धारा २ सय ७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने व्यवस्था छ। अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिने ग्यारेन्टी नभएकाले निर्वाचनअघि दल दर्ताको सूचना निकाल्ने गरिन्छ।

संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनेको थियो। उक्त कुरालाई मध्यनजर गरी काँग्रेस यही पुस ७ गतेसम्म महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ। काँग्रेसले शनिवार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेर सोही दिउँसो साढे ३ बजे निर्वाचन आयोगमा दल दर्ता गरेको छ। योसँगै आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने निश्चित भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल