२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल सुरु

१३ पुष २०७८, मंगलवार ०४:५९

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)  को जारी आठौं महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ।

समूह दुई र तीनमा पार्टीका सल्लाहकार रहेका छन् । यी समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ–बायाँ तोकिएको छ । समूह चार र पाँचमा प्रदेश नम्बर एकका प्रतिनिधि छन् । यी दुई वटा समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको ठाउँ तोकिएको छ।

समूह छ र सातमा प्रदेश नम्बर दुईका प्रतिनिधिहरू सहभागी छन्। यी समूहले प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्दैछन् । समूह आठ र नौमा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्ने तय भएको छ।

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन्। यी समूहको छलफल गर्ने ठाउँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । उनीहरुले पनि पार्टी कार्यालय पेरिसडाँडामा छलफल गर्नेछन् । समूह १३ र १४ मा रहेका कर्णाली प्रदेशका प्रतिनिधि तथा समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन्। उनीहरुले काठमाण्डौको एउटा पार्टी प्यालेसमा छलफल गर्दैछन्।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन्। उनीहरुले बुद्धनगरमा छलफल गर्नेछन्। समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि छन्। उनीहरुको छलफलका लागि बिजुली बजारमा व्यवस्था गरिएको छ।

समूह २२ र २३ मा वाग्मती प्रदेशका प्रतिनिधि छन्। समूह २४ मा आयोगका सदस्यहरू छन्। समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इञ्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । उनीहरुले थापागाउँमा छलफल थाल्ने तयारी छ।

आज दिनभर समूहगत छलफलमा केन्द्रित हुनेछ। भोलि बिहान ११ बजेदेखि समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का