२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुँजीवाद नै जलवायु परिवर्तनको जिम्मेवार !

१३ पुष २०७८, मंगलवार ०६:२३

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पुँजीवादी मुनाफाका लागि अन्धाधुन्ध खोलिएका उद्योगका कारण जलवायु परिवर्तन भएको बताएका छन्। महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले अन्धाधुन्ध खोलिएका कलकारखानाबाट निस्किने धुवाँले वायुमण्डललाई व्यापक प्रदूषित बनाएको उल्लेख गरेका हुन्।

आधुनिक खेतीका नाममा प्रयोग भएका जैविक मेसिनहरूको प्रयोग, रासायनिक मल, कीटनाशक औषधीको प्रयोगले वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन गरिरहेको उनको भनाइ छ। ‘वन विनाशको प्रक्रिया अनियन्त्रित छ यातायातका साधनहरूको प्रयोगबाट निस्किने कार्बन समेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको समस्या उत्पन्न भएको छ,’ उनले भनेका छन्

चौतर्फी पर्यावरण विनाशको प्रक्रियाका कारण तापक्रम वृद्धिले जलवायु परिवर्तन हुँदा पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको उनले उल्लेख गरेका छन्। ‘चौतर्फी पर्यावरण विनाशको प्रक्रियाका कारण भइरहेको तापक्रममा वृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ,’ प्रचण्डले दस्तावेजमा लेखका छन्,’ जमिनको मरुभूमिकरण बढ्दो छ, पिउने पानीका मुहानहरू सुक्दै छन्, महासागरमा पानीको तापक्रम पनि बढ्दो छ, प्रकृतिका वरदान कयौं जडीबुटी स्थानीय नश्लका जीवजन्तु र महासागरका कयौं प्राणीहरू लोप हुँदै गएका छन्।’

तापक्रमको वृद्धिको असरले अन्टार्कटिका र ग्रीनल्याण्डमा रहेका बरफका तहहरू पग्लँदै जाँदा सामुद्रिक सतह बढेको र समुन्द्रको किनारमा रहेका देशहरू डुब्ने खतरा उत्पन्न भएको उनले उल्लेख गरेका छन् यस्तै हिमालय पर्वत श्रृङ्खलाबाट हिउँ पग्लने प्रक्रियाको कारण यसका वरिपरि रहेका देशहरूको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन हुँदा प्रकृति, जीवजन्तु र मानिसहरूकै भविष्य खतरामा परेको उनले बताएका छन्। जलवायु परिवर्तनले मानव जातिमाथि परेका संकटहरुको कारण पुँजीवादको उत्पादन र वितरण प्रणाली रहेको प्रचण्डको ठम्याई छ।

‘पुँजीवादी उत्पादन प्रणालीको मुख्य उत्प्रेरक जसरी भए पनि बढीभन्दा बढी नाफा कमाउनु हो। यो प्रणालीले उत्पादन प्रक्रियामा प्रकृति, समाज र मानव जातिलाई हुने हानी नोक्सानीबारे हिसाब गरेर योजनावद्ध विकासमा होइन नाफाका निमित्त मात्र अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट आइपरेको छ,’ उनको भनाइ छ।

साम्राज्यवादी उत्पादन प्रणालीका विरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिनुपर्ने उनले बताएका छन्। स्थानीय समुदायको प्रकृति साधन स्रोतदेखि अधिकार र पहिचान स्थापित गर्दै समुदायको आर्थिक र राजनैतिक र सांस्कृतिक पहिचान स्थापित गर्नुपर्ने प्रचण्डको भनाइ छ।

‘आजको साम्राज्यवादले स्थानीय स्तरमा आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधन स्रोतदेखि हक र पहिचान माथि हमला गरिरहेको कुरालाई स्पष्ट पार्दै व्यापक रूपमा स्थानीय सामुदायिक मोर्चा कायम गरेर प्राकृतिक श्रोत साधनमा अधिकार स्थापना गर्ने योजनालाई तीव्रता दिनुपर्छ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ