२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलाल पुँजीमाथि हस्तक्षेप गर्नुपर्छ: नेपाल

१३ पुष २०७८, मंगलवार १०:३१

पुस १३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबिच पार्टी एकता कार्यक्रममा नेपालले यस्तो बताएका हुन्।

‘अहंकारबाट मुक्त हुनुभएन भने विकृतिबाट मुक्त हुनुभएन भने युवाहरू अगाडि बढ्न सक्नुहुन्न,’ उनले भने, ‘नसकिने कुरा केही पनि छैन । म नराम्रो संगतमा पर्दिन भनेर सबै युवाले संकल्प लिनुपर्छ, शपथ लिनुपर्छ।’ अबको नेतृत्वले जनताको चाहना बुझ्नुपर्ने उनको भनाइ छ। समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

‘समाजको विशेषता बुझेर समाजलाई प्राथमिकता दिने हो भने तपाईं सही ढंगले अगाडि बढ्नुहुन्छ,’ नेपालले भने, ‘जनताको पीडालाई आफ्नो पीडा ठान्नुभयो भने जनतालाई तपाईंलाई माया गर्छन्।’ उनले सिंगो देश र समाजलाई डोहोर्‍याउनका निम्ति सही विचार लिनुपर्नेमा जोड दिए। नेपाली विशेषताको समाजवाद के हुन्छ भन्ने कुरामा गम्भीर बन्न सुझाव दिए।

जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्न शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। ‘दलाल पुँजीको दबदबा बढी रहेको छ। रातारात कमाउन चाहनेहरू बढी रहेका छन्। निरन्तर जनता लुट्ने प्रवृत्तिलाई समाप्त पार्नुपर्छ। हस्तक्षेप गर्नुपर्छ,’ नेपालले भने, ‘त्यसका निम्ति हाम्रो शासन सञ्चालन प्रणालीलाई परिवर्तन गर्नुपर्छ।’

देशको निर्माण र रूपान्तरणका निम्ति सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणको धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिए। ‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भनेँ- तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ नेपालले भने, ‘अनि मात्र क्रान्ति सम्भव छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का