२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाधिवेशनस्थलमै बस्यो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

१६ पुष २०७८, शुक्रबार ०७:०८

पुस १६, काठमाडौँ | काठमाडौँमा जारी आठौं महाधिवेशनको बन्दसत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक प्रज्ञा प्रतिष्ठानको भवनमा केही बेरअघि सुरु भएको हो।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरूको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो। आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहबाट आएका सुझावको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक राखिएको हो।

आज अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनबारे २५ समूहले दिएका सुझाव तथा उठाएका प्रश्नबारे बन्दसत्रमा जवाफ दिने कार्यक्रम छ। जारी स्थायी समिति बैठकमा प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षको प्रतिवेदनमाथि प्राप्त सुझावको जवाफ र नेतृत्व चयन प्रक्रियाबारेमा स्थायी समितिमा छलफल हुन्छ। त्यसले एउटा विधि बनाएपछि कसरी जाने निर्णय हुनेछ।’ सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेका २५ वटा समूहले बिहीबार आफ्ना निष्कर्ष/प्रश्न प्रस्तुत गरिसकेका छन्।

साथै राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पूरक प्रस्ताव र फरक मत पनि राखेका छन्। यी सबैलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आ​ज शुक्रवार दिउँसो १ बजे जवाफ दिने कार्यतालिका छ। प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता