१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

१६ पुष २०७८, शुक्रबार ०९:३२

पुस १६, काठमाडौँ | मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको बताए ।

त्यस्तै सरकारले आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय पनि गरेकाे छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

– कृषि तथा पशुपन्छि विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोगाम स्पेसिलिष्ट प्रोगाममा काम गर्न काजमा खटाउने

– निर्वाचन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने

– सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरुको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तानान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने

– नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मा मिती २०७८ पुस १८ देखि ३० गेतेसम्म घरविदामा रहने भएकाले वलाधिकृत रथी वालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने

– टाकटोर लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत गर्ने

– आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का