पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत शनिबार बन्दसत्रको कार्यक्रम सुरु भएको छ। शनिबार विहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा नेता देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिन सुरु गरेका छन्। उनको जवाफ सकिएसँगै बन्दसत्रमा नयाँ नेतृत्व चयनको विषयले प्रवेश पाउने छ।