१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

१७ पुष २०७८, शनिबार ०९:५५

पुस १७, काठमाडौँ | रासस | नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिनुभएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

 विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गर्नुभएको थियो । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

 महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गर्नुभएको छैन, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनुहुने पक्कापक्की  छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गर्नुभएको छ । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

  विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढाउने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । विधान पारित भएसँगै केही समयका लागि बन्दसत्र स्थगित भएको छ । अहिले पार्टीको स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

 माओवादीको महाधिवशेन यही पुस ११ गतेदेखि राजधानीमा सुरु भएको हो । शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक वैचारिक दस्तावेज सर्वसम्मतिले पारित गरेको थियो । दस्तावेजमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो । राजनीतिक प्रतिवेदनमाथि मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो ।

 शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको थियो । दस्तावेजमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले फरक मतमा उठेका विषयलाई उचित ढङ्गबाट सम्बोधन गरिने बताउनुभएको थियो ।

 दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव गर्नुभएको थियो । महाधिवशेनमा एक हजार सात सय बढी प्रतिनिधि सहभागी भएका छन् ।  महाधिवेशनले आजै केन्द्रीय समितिको टुङ्गो लगाउनेछ । 

यसअघि माओवादीको सातौँ महाधिवशेन २०६९ फागुनमा हेटौँडामा भएको थियो । सो महाधिवशेनले जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षसहित बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का