२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

२०७८, १७ पुष शनिबार ०९:५५

पुस १७, काठमाडौँ | रासस | नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिनुभएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

 विधानलाई आगामी केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गर्नुभएको थियो । विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

 महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला तथा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दाबी गर्नुभएको छैन, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिनुहुने पक्कापक्की  छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दाबी गर्नुभएको छ । यस्तै दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।

  विधान पारित भएसँगै निर्वाचनको काम अगाडि बढाउने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । विधान पारित भएसँगै केही समयका लागि बन्दसत्र स्थगित भएको छ । अहिले पार्टीको स्थायी समिति बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

 माओवादीको महाधिवशेन यही पुस ११ गतेदेखि राजधानीमा सुरु भएको हो । शुक्रबारको बन्दसत्रले पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक वैचारिक दस्तावेज सर्वसम्मतिले पारित गरेको थियो । दस्तावेजमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो । राजनीतिक प्रतिवेदनमाथि मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो ।

 शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको थियो । दस्तावेजमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले फरक मतमा उठेका विषयलाई उचित ढङ्गबाट सम्बोधन गरिने बताउनुभएको थियो ।

 दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव गर्नुभएको थियो । महाधिवशेनमा एक हजार सात सय बढी प्रतिनिधि सहभागी भएका छन् ।  महाधिवेशनले आजै केन्द्रीय समितिको टुङ्गो लगाउनेछ । 

यसअघि माओवादीको सातौँ महाधिवशेन २०६९ फागुनमा हेटौँडामा भएको थियो । सो महाधिवशेनले जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षसहित बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने