२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ ः नेता सुब्बा

२०७८, १७ पुष शनिबार ११:४२

पुस १७, काठमाडौँ | नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताउनुभएको छ ।कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उहाँले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौँगुणा खतरनाक भएको जिकिर गर्नुभयो ।

नेता सुब्बाले भन्नुभयो, “देश र जनताका पक्षमा इमान्दार भएर काम गर्ने गुरुङ वामपन्थी र प्रगतिशील आन्दोलनका जर्नेल हुनुहुन्थ्यो, मुलुकमा सोचेअनुरुपको परिवर्तन अझै हुन सकेको छैन, नेताको आर्थिक हैसियत चुलिएको छ तर जनता भने उस्तै छन् ।”

नेपाल कम्युनिष्ट पार्टी काठमाडाँै जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “सच्चा कम्युनिष्टको छवि बनाउनुभएका र जनताको  समृद्धि तथा देशको स्वाधीनताका लागि मात्रै अहोरात्र योगदान दिने गुरुङ सर्वहाराको मुक्तिका लागि लडेको  क्रान्तिकारी व्यक्ति हुुनुहुन्थ्यो ।”

तेह्रथुमको आम्बुङमा २००७ भदौमा जन्मनुभएका गुरुङले त्यस क्षेत्रको शिक्षाको उन्नयनमा ठूलो योगदान पु¥याउनु भएको स्मृतिसभामा सहभागी वक्ताले स्मरण गरे । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा विद्यार्थीकालदेखि नै संलग्न गुरुङले पटकपटक गरी दशाँै पटकसम्म हिरासत र जेल जीवन बिताउन परेको थियो ।

गुरुङका सहयात्री कृष्ण सुब्बा, धीरेन्द्र उपाध्याय, छोरा खिलेन्द्र गुरुङलगायत वक्ताले उहाँको राष्ट्रियता र जनजीविकाको सवालमा मात्र होइन, राजनीतिक मूल्य, मान्यता, सादा जीवन, इमान्दारिता र उच्च अनुशासनको चर्चा गर्नुभयो ।नेकपा (एमाले), नेकपा (माले)हुँदै जीवनको उत्तराद्र्धमा नेकपा माओवादीमा क्रियाशील गुरुङ नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । युवालाई उद्यमी बन्न र आत्मनिर्भर हुन सधैँ प्रेरित गर्नुहुने गुरुङका परिवारले उहाँले अध्ययन÷अध्यापन गर्नुभएको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापना गर्ने जानकारी दिए  । अघिल्लो वर्ष पुस ७ गते कोभिड–१९ को सङ्क्रमणबाट उहाँको निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने