१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताका साथी’सार्वजनिक

१७ पुष २०७८, शनिबार ११:५३

पुस १७, काठमाडौँ | काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा सार्वजनिक गरिएको छ ।

स्मृतिग्रन्थको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशवप्रसाद बडाल र शिक्षाससेवी रामप्रसाद अधिकारीले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभएको हो । तत्कालीन अवस्थामा वृक्षरोपण, सडक, शिक्षा र खानेपानी व्यवस्थापनका अगुवा नमोबुद्ध नगरपालिकाका स्व तिमल्सिनाको १४ वर्षअघि ८६ वर्षको उमेरमा निधन भएको थियो । स्मृतिग्रन्थमा २० व्यक्तिले शब्दमार्फत स्व तिमल्सिनाको व्यक्तित्वबारे चित्रण गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोग अध्यक्ष तिमल्सिनाले जातीय समावेशीता मात्र नभई बौद्धिक समावेशीतामासमेत जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जातीय समावेशीता छँदैछ, अब विषयगत बौद्धिकताको समावेशीता खोज्नुपर्छ, जसले समाज परिवर्तनमा अग्रणी भूमिका खेल्नेछ ।” जातीय समावेशीताले पाएको अवसरसँगै बौद्धिक समावेशीतालाई प्रवद्र्धन गर्नु सामाजिक दायित्व रहेको उहाँको धारणा थियो ।

शब्दयात्रा प्रशासनद्वारा प्रकाशित १४४ पृष्ठको उक्त पुस्तक सार्वजकिनीकरण कार्यक्रममा पूर्वमन्त्री बडाल, नेकपा (एकीकृत सामाजवादी)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, बेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, वनविज्ञ विजय पौडेल, साहित्यकार एवं भाषासेवी हरि मञ्जुश्रीलगायतले स्व तिमल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको सामाजिक कार्यको चर्चा गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का