२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको निर्वाचन तालिका सार्वजनिक, मतदान आइतबार

२०७८, १७ पुष शनिबार १२:१६

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ। प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतबार बिहानदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ। केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्टाइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११:१५ बजे हुने जनाइएको छ। साढे ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पार्टीको विधानअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार २ सय ९९ रहेको छ। जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक आधारमा सदस्य चयन हुने माओवादीले व्यवस्था गरेको छ। आजै बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहमतिका लागि नेताहरूले प्रयास गरेका थिए। बिहान ११ बजे सुरु भएको बन्द सत्रमा देव गुरुङले पेश गरेको विधान संशोधन मस्यौदालाई पारित गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति नभएमा निर्वाचन हुने बताइसकेका छन्।

केही अघि निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिसकेको छ। उक्त नाममा असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ। बेलुका ६ बजे टाँस गरिने नामको सूचीपछि कुनै उजुरी लाग्ने छैन। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ