१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको निर्वाचन तालिका सार्वजनिक, मतदान आइतबार

१७ पुष २०७८, शनिबार १२:१६

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ। प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी सदस्यका चयनका लागि आइतबार बिहानदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले शनिवार साँझ जारी गरेको कार्यतालिका अनुसार बिहान ११:३० बजेदेखि मतदान सुरु हुनेछ। केही समय अघि सार्वजनिक भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार (आज) राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्टाइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११:१५ बजे हुने जनाइएको छ। साढे ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पार्टीको विधानअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार २ सय ९९ रहेको छ। जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक आधारमा सदस्य चयन हुने माओवादीले व्यवस्था गरेको छ। आजै बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहमतिका लागि नेताहरूले प्रयास गरेका थिए। बिहान ११ बजे सुरु भएको बन्द सत्रमा देव गुरुङले पेश गरेको विधान संशोधन मस्यौदालाई पारित गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति नभएमा निर्वाचन हुने बताइसकेका छन्।

केही अघि निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिसकेको छ। उक्त नाममा असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ। बेलुका ६ बजे टाँस गरिने नामको सूचीपछि कुनै उजुरी लाग्ने छैन। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का