१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाँच दलीय गठबन्धन चुनावसम्म टिक्छ’

१८ पुष २०७८, आईतवार ०५:४३

पुस १८, काठमाडौँ | नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन्। आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरूलाई देउवाले गठबन्धनमा सल्लाह त्यसबारेमा निर्णय लिइने बताएका छन्।

पछिल्लो पटक रामेछापका काँग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरू पूर्वजिल्ला सभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई बागमतीबाट राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल गर्न बालुवाटार गएका थिए। उनीहरूसँग देउवाले गठबन्धन छाडेर काँग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए।

राष्ट्रियसभा निर्वाचन मात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिन,गाउँ गाउँमा एमाले बलियो छ,गठबन्धन छाड्ने कुरा छैन, भोलि बागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो।’

देउवालाई भेट्न काँग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्व सभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरू भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसी लगायतका नेता बालुवाटार पुगेका थिए। देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै काँग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का