पुस १९, हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । 
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । 
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो ब"/>
२६ पुष २०८२, शनिबार
मकवानपुर - MKW

कांग्रेस वाग्मती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय

२० पुष २०७८, मंगलवार ०९:०६

पुस १९, हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । 
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको स्थानीय तहदेखि केन्द्रिय समितिसम्मको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सो समितिले जनाएको छ । 
बैठकले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने र पार्टीको १४औँ महाअधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको समितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने