१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

२५ पुष २०७८, आईतवार ०५:३४

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

पुस २५, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

तत्कालीन संविधानसभा सदस्य उहाँ नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका अध्यक्ष बन्नुभएको थयो । नवनिर्वाचित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन हुनुभएको छ । 

यसैगरी सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, वीरबहादुर मर्र्साङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल, शोभानन्द राय, डम्बरप्रसाद महतो, सलिम राइन, महेन्द्रनारायण पासवान, दुर्गानन्द ठाकुर, विल्टु दास, अयुव राइन, प्रदीप मण्डल, उत्तम आचार्य, शिवनारायण साह, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, देवनारायण मरिक, पञ्चदेव खंग, इनरवती यादव, हरिशङ्कर इशर, डम्बर राई, राजेन्द्र सेन्चुरी, सन्तमान तामाङ, समु खातुन, ललितनारायण रजकलगायत रहनुभएको छ ।

यसैगरी सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मोरङ जिल्ला अध्यक्षमा पोखरेल

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय  पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु ‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’