पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो । 
२०८२, ८ चैत्र आईतवार
जुम्ला - JML

एमाले जुम्ला अध्यक्षमा महत, ललितपुरमा आचार्य

२०७८, २६ पुष सोमबार ०७:५७

पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो । 

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन हुनुभएको छ ।

अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताउनुभयो । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकतालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य 

ललितपुरमाआचार्य 

यसैगरी एमालेको ललितपुर जिल्ला अध्यक्षमा पुरुषोतम आचार्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्दसत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटिको नामावली निर्वतमान अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले पढेर सुनाउनुभएको थियो । 

आचार्य यसअघि सो पार्टी जिल्ला सचिव हुनुहुन्थ्यो । आचार्यसहित कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन हुनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा