पुस २६, चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

२६ पुष २०७८, सोमबार ०९:४८

पुस २६, चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गर्नुभएको विज्ञप्तिमा आर्को सुचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला