पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँल"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

‘सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने ’

२०७८, २७ पुष मंगलवार ०८:३७

पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँले सभाहललाई चाँडो सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । सो सभाहलको काम ९० प्रतिशत पूरा भएको छ । 

करिब ८०० क्षमताको उक्त भवनको हाल ‘फिनिसिङ’ गर्ने भइरहेको छ । भवनबाहिर एउटा ‘क्वार्टर’ निर्माण, सभाहलसम्म पुग्ने बाटो निर्माण, प्रवेशद्वार र वाल लगाउने कार्य गरी करिब १० प्रतिशत कार्य बाँकीे छ ।  विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कोभिड–१९ का कारण सरकारले लगाएको निषेधाज्ञाको समयमा निर्माण रोकिन पुगेको थियो ।  सरकार र विदेशी दाताको संयुक्त कोष गरी रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माण गरिएको हो । उक्त भवनको निर्माणको जिम्मा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडाँैले पाएको उक्त भवन चार ढलानको छ ।  भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । कोरोनाका कारण भवन निर्माण कार्य एक वर्ष ढिलाइ हुन गएको हो । 

विसं ०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी पुन : म्याद थप गरी निर्माण कार्य अघि बढाइएको सहरी विकास तथा भवन निर्माण विभाग कार्यान्वयन एकाइ कास्कीका सब–इन्जिनियर धर्मराज बास्तोलाले जानकारी  दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से