पुस २७, खलङ्गा | राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ र एक न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, खलङ्गा | राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ र एक न"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महिलाको नाममा जग्गापास गर्ने बढे

२०७८, २७ पुष मंगलवार ०८:४४

पुस २७, खलङ्गा | राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताउनुभयो ।“गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ”, कार्यालय प्रमुख रोकायाले भन्नुभयो । 

नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ । 

मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले रु ९९ लाख ९६ हजार ५६१ राजस्व सङ्कलन गरेको छ जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ रु ६७ लाख ९० हजार ३१२ राजस्व सङ्कलन भएको छ । यस्तै, पूँजीगत लाभकरतर्फ रु ३१ लाख १८ हजार ८८३ सङ्कलन भएको छ ।  विविधतर्फ रु ८७ हजार ३६६ राजस्व उठेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा