पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजे"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

२७ पुष २०७८, मंगलवार ०९:३९

पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित हुनुभयो । 

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि  पद तथा गोपनीयताको शपथ लिदै  अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बैतडीमा  पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध  चयन हुनुभएको छ ।  पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित हुनुभयो । अध्यक्ष पालको नेतृत्वमा  ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।  

ताप्लेजुङमा थेबे  

पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी हुनुभएको छ । जम्मा ६३५ मतमध्ये  थेबेले ३२९ मत प्राप्त गर्नुभएको थियो  भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको थियो ।  उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा  उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल