२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीबाट विजयी राष्ट्रिय सभा सदस्यहरू : नेविसंघमा देउवाका समकक्षीदेखि कलाकारसम्म

२०७८, १२ माघ बुधबार ११:३१

माघ १२, काठमाडौँ | लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश)  विजयी भएका हुन् । उनीहरूले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

यस्ता छन् विजयी उम्मेदवार :

१. युवराज शर्मा, नेपाली काँग्रेस

शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा युवराज शर्मा उपसभापति थिए । उनी बाँके जिल्लाको हाल नेपालगञ्ज नगरपालिका वार्ड नम्बर २ मा २००७ साल चैत १२ गते जन्मेका हुन् । शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक  जेल परेका थिए । त्यसपछि पटक पटक जेल परेका छन् । ‘दर्जनौँ पटक जेल परेको छु, त्यो बेला राजनीति नै त्यस्तै थियो,’ उनले भने ।

उनी २०३० सालमा भूमिगत रूपमा पार्टीको जिल्ला सचिवसमेत बनेका थिए भने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनमा उनी उपसभापति चयन भए । उनी शिक्षकसमेत हुन् । वेतहनी विद्यालय, खजुरा आदर्श मावि हुँदै महेन्द्र माविमा पनि उनले पढाए । २०४६ सालमा बाँकेबाट जनआन्दोलनको नेतृत्व नै शर्माले गरेका थिए । त्यसपछि उनी शिक्षण पेसा छाडेर राजनीतिमा पूर्ण रुपले होमिए । बाँकेको सभापति हुँदै अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा रहेकै बेला उनलाई पार्टीले राष्ट्रियसभाको उम्मेदवार बनाएको हो ।

२. राज्यलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी

सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राज्यलक्ष्मी गैरे पाल्पा जिल्लाको रामपुरमा जन्मेकी हुन् । २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी हुन् । त्यो बेला रामतुल्सी मावि रामपुरमा अध्ययन गर्दै गर्दा बहुदल र निर्दलको राजनीतिक संघर्ष थियो । त्यस क्रममा गैरे बहुदलको पक्ष लागिन् । फेरि ३७ सालमा विद्यार्थी हत्याकाण्ड र झापा काण्डले उनलाई राजनीतिप्रति झन् गहिरोसँग लाग्न प्रेरित गर्‍यो । उनी ३९ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमै छिन् । अविवाहित गैरेसँग पाल्पा जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी झिनो मतान्तरले पराजित भइन् भने महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् ।

यही बीच तत्काल एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनी विरोधमा उत्रिएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षको परिणमस्वरुप दल विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी नवगठित दलमा सामेल भइन् । अहिले उनी सोही दलबाट उम्मेदवार बनेकी हुन् । उनी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको भूमिकामा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।  

३. तुलप्रसाद विश्वकर्मा, राष्ट्रिय जनमोर्चा

सत्तारुढ गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा ३५ सालदेखि पार्टीको होलटाइमर कार्यकर्ता हुन् । जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा एक वर्ष पत्रकारिता गरेको अनुभवसमेत उनीसँग छ ।

विश्वकर्माको जन्म बाग्लुङमा २०१५ सालमा भएको हो । बाग्लुङको गलकोट जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो