१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

१६ माघ २०७८, आईतवार १०:२३

माघ १६, इनरुवा | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । 

सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गर्नुभयो । 

करिब रु २२ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । कोइरालाको संसदीय विकास कोषको रु १० लाख, इनरुवा–२ को वडाको रु पाँच लाख, सङ्घीय सांसद सीताराम मेहताको संसदीय विकास कोषबाट रु दुई लाख ७३ हजार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीबाट रु एक लाख एक हजार तथा अन्य व्यक्ति तथा सङ्घ संस्थाको सहयोगमा भवन निर्माण गरिएको हो । 

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी, इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव, नेपाली कांग्रेस प्रदेश २ का सचिव प्रकाश मेहतालगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार