१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन’

१६ माघ २०७८, आईतवार ११:५५

माघ १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताउनुभएको छ । अर्थतन्त्रका जानकारहरूसँग आज भएको  छलफलमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

“विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव छ”, मन्त्री शर्माले भन्नुभयो, “नीतिगत अभाव र जटिलताले विकासमा बाधा उत्पन्न भएको छ ।” उहाँले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनाका कारण अहिले अर्थतन्त्रमा समस्या देखापरेको बताउनुभयो । 

सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उहाँले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता रहेको, उनीहरूमा मुलुक सुहाउँदो स्पष्ट अर्थनीति  बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था आएको वास्तविकता प्रस्तुत गर्नुभयो । “वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो”, उहाँले भन्नुभयो, “नेपालको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थनीतिको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।”

छलफलका सहभागीहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र विषम नभए पनि यसलाई थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न तथा विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन कायम नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन सुझाउनुभयो । कृषि उत्पादकत्व वृद्धि, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधारलगायत अर्थतन्त्रलाई चलायमान तुल्याउँदै पूँजीगत खर्च बढाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो । 

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. शङ्कर शर्मा र डा. मीनबहादुर श्रेष्ठ, प्रा. डा. विश्वम्भर प्याकुरेल, भारतका लागि पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थराजनीतिक विश्लेषक हरि रोका, डा. रामकुमार फुयाँलले भाग लिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार