माघ १७, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्।
उनले सामाजिक सञ्चालमा ट्वीट गर्दै आलटाल नगरी एमसीसी पारित गर्नु पर्नेमा जोड दिएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरेर सबै एक मुख भएर जनतालाई बुझाउन सुझाएका छन् ।
डा. भट्टराई सामाजिक सन्जालमा लेख्छन्,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ! ’