१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झण्डै ७ महिनापछि ओली बालुवाटार फर्कदै

२३ माघ २०७८, आईतवार ०९:०८

माघ २३, काठमाडौँ | प्रधानमन्त्री निवास छाडेको झण्डै सात महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए । त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ ।

देउवा र ओलीबीच भेटवार्ताहरु भएपनि बालुवाटारमा नभई अन्य स्थानहरुमा भएको थियो । ओलीलाई एक महिना अगाडि देउवाले बालकोटमा भेटेका थिए । दुई नेताबीच विभिन्न कार्यक्रमहरुमा भेटवार्ता भएको थियो ।

भेटमा उनले स्थानीय निर्वाचन, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अन्य राजनीतिक विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने ओलीको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले एमसीसी कम्प्याक्टलाई सदनबाट अनुमोदन गराउन प्रयासरत रहे पनि सत्तारुढ गठबन्धनभित्र सहमति जुटाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार