२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झण्डै ७ महिनापछि ओली बालुवाटार फर्कदै

२०७८, २३ माघ आईतवार ०९:०८

माघ २३, काठमाडौँ | प्रधानमन्त्री निवास छाडेको झण्डै सात महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओली ७ महिना अघि सिधै बालकोट गएका थिए । त्यसपछि उनी बालुवाटार पसेका थिएनन् । उनी आज बालुवाटार गएमा आइसब्रेक हुनेछ ।

देउवा र ओलीबीच भेटवार्ताहरु भएपनि बालुवाटारमा नभई अन्य स्थानहरुमा भएको थियो । ओलीलाई एक महिना अगाडि देउवाले बालकोटमा भेटेका थिए । दुई नेताबीच विभिन्न कार्यक्रमहरुमा भेटवार्ता भएको थियो ।

भेटमा उनले स्थानीय निर्वाचन, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अन्य राजनीतिक विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने ओलीको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले एमसीसी कम्प्याक्टलाई सदनबाट अनुमोदन गराउन प्रयासरत रहे पनि सत्तारुढ गठबन्धनभित्र सहमति जुटाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य