१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार

२३ माघ २०७८, आईतवार ०९:५०

माघ २३, मोरङ | प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई  वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा आज पद तथा गोपनियनताको शपथ गराउनुभयो ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विसं २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीको उपस्थिति रहेको थियो ।प्रदेश नं १ मा एक अब राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिरिषद् भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार