२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार

२०७८, २३ माघ आईतवार ०९:५०

माघ २३, मोरङ | प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई  वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा आज पद तथा गोपनियनताको शपथ गराउनुभयो ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विसं २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीको उपस्थिति रहेको थियो ।प्रदेश नं १ मा एक अब राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिरिषद् भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य