माघ २५, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवाद"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प छैन : अध्यक्ष दाहाल

२०७८, २५ माघ मंगलवार ०७:१८

माघ २५, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।सो अवसरमा अध्यक्ष दाहालले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाइ थियो ।

“माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,” उहाँले भन्नुभयो, “हामी यति ठूलो परिवर्तनका वाहक विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।” उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।” अध्यक्ष दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।

इन्चार्ज तिरुवाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष दाहाल नै सक्षम रहेको उल्लेख गर्दै अन्य कोहीले रहर गरेर नहुने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा