माघ २६, काठमाडौँ । उद्धव पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
पौडेलले आफूले पार्टीलाई एकतावद्ध बनाउन धेरै प्रयास गरे पनि असफल भएको पनि उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रूपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु,’ पूर्वकोषाध्यक्ष समेत रहेका पौडेलले लेखेका छन् ।
उनी राप्रपामा कमल थापानिकट भनेर चिनिन्छन् । निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेल पनि राप्रपाबाट बाहिरिएका हुन् ।