२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल

२०७८, २८ माघ शुक्रबार ०६:०४

माघ २८, काठमाडौँ । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उहाँ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन हुनुभएको छ । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिनुभयो । सदस्यको पनि टुङ्गो लागेको नेपालले बताउनुभयो ।

गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा