१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई सभामुखको आग्रह

२९ फाल्गुन २०७८, आईतवार ०९:२८

फागुन २९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकामा जनता र राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न नपाएकोप्रति ध्यानाकर्षण गराउँदै सो आग्रह गर्नुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो, “माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ । संसद्लाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ ।” सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत संसदमा जारी अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

उहाँले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयोे । एमालेले संसद्को चालु अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार