२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

५ चैत्र २०७८, शनिबार ०८:४५

विशाल बस्नेत । चैत ५, महोत्तरी । ‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले भनेका थिए ।

व्याख्यात्मक घोषणासहित उनको पार्टी माओवादी केन्द्रले एमसीसी अनुमोदनमा साथ दिएपछि नेता नारायणकाजी श्रेष्ठसहित गिरिराजमणि पोखरेलले फरक मत राखेका थिए । पार्टीले ह्विप जारी गर्दा पनि पोखरेलसहितका नेताहरू त्यसविरुद्धमा गएका हुन् । नेता पोखरेलले अहिले पनि एमसीसी राष्ट्रघाति भएको दोहोराइरहेका छन् । 

नेता पोखरेल पक्षका कतिपय ‘विश्वास पात्र’ भनिएकाहरूले पार्टीनै परित्याग गरिसकेका छन् । महोत्तरीका संयोजकसहित पुराना नेता तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य राजन ढुंगाना, महिला नेतृ उर्मिला कार्की, नेता रामबहादुर राणा र नरबहादुर खनालले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।


तर, गिरिराजमणि पोखरेल भने पार्टीले आयोजना गरेको महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेता पोखरेललाई स्थानीय संचारकर्मीहरूले कहिलेकाही घेराबन्दी नै गर्छन । एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया लिन खोज्छन् । तर, उनी न एमसीसीको बिषयमा केही बोल्छन् न त आफ्ना कार्यकर्ताले साथ छाडेको बिषयमै केही भन्छन् । यस बिषयमा अहिले नबोल्ने भन्दै पन्छिन्छन् । साथै जिल्ला तहका नेता, कार्यकर्ताहरूको मनोबल उच्च बनाउन न नेता पोखरेलले कुनै प्रशिक्षणनै दिन सकेका छन् ।

‘बाहिरबाट हेर्दा पार्र्टीकै एजेण्डामा हिँडिरहेको देखिए पनि पोखरेल सन्तुष्ट छैनन् । निर्वाचनमा माहोल नबिग्रियोस् भनेर पार्र्टीभित्रै बसेर संघर्ष गरिरहनु उनको बाध्यता छ ।’ उनी नजिकका एक नेताले भने ।

चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका नेता पोखरेल महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । बिहीवार मात्रै पनि भंगाहा नगरपालिकास्थित सुकुम्बासीमा बस्तीमा पुगेर कोष खडा गर्न एक महिनाको पारिश्रमिक नै दिने घोषणा गरे ।

अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा नेता पोखरेलले निक्कै मेहनत गरिहेका छन् । जनताको घरदैलोमै पुगेर जिल्लाका दुर्गम गाउँमा पुगेर समस्या पहिचान गर्न उनले केही महिनाअघिस अभियान नै चलाएका थिए ।


लगातार महोत्तरीवाट संघीय संसदमा सांसद बनिरहेका नेता पोखरेल दुई पटक मन्त्री बनिसकेका छन् । उनी एक पटक स्वास्थ्य र जनसंख्या र दोस्रो पटक शिक्षा तथा विज्ञा मन्त्री बनेका थिए ।

जिल्लाको उत्तरी क्षेत्र माओवादी केन्द्रको गड नै मानिन्छ तर एमसीसीको विवादले यहाँ पनि माओवादी केन्द्र दुई कित्तामा उभिएको छ ।

एकपक्षले ब्याख्यात्मक घोषणासहित भएको एमसीसी अनुमोदनलाई स्वीकार गरिसकेको छ भने अर्काे पक्षले अहिले पनि राष्ट्रघाति भएको भन्दै पार्टीको कदमको विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान