भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका "/>
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

स्थानीय निकाय पुनःसंरचना विवाद समाधान गर्न तीन दल सहमत

१४ भाद्र २०७३, मंगलवार ०७:१८

भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा स्थानीय निकाय पुनः संरचना आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेपछि त्यसको पक्ष र विपक्षमा देखिएको विवाद समाधान गरेर समाधान दिन दलहरु तयार भएका हुन् । 

आयोगले ५६५ गाउँपालिका र नगरपालिका हुने प्रारम्भिक प्रतिवेदन दिएपछि त्यसका पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपाएमाले तथा विपक्षमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र देखिएपछि मध्यमार्गी रुपमा विवादको निरुपण गर्ने गरी छलफल सुरु भएको हो । 

आयोगले दिएको प्रतिवेदन स्विकार्ने कि विगतमा जिविसले अगाडि सारेको इलाकालाई गाउँपालिका मान्ने कि वा हाल कायम रहेको गाविसलाई नै गाउँपालिकामा रुपान्तरण गर्ने भन्नेमा दलबीच मतैक्यता हुन सकेको छैन । 

बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विभिन्न विकल्पमाथि छलफल जारी रहेको जानकारी दिँदै लगातार बैठक बसेर अन्तिम रुप दिने सहमति भएको  बताइन । उनले आगामी असोजभित्र स्थानीय निकाय पुनःसंरचनाको विषय टुङ्ग्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार पार्ने विषयमा कुराकानी भएको जानकारी दिईन । यस्तै बैठकमा संविधानको कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र दलबीचको सहमतिका बारेमा समेत छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता नारायणकाजी श्रेष्ठ, काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेता डा रामशरण महत, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र सहरी विकासमन्त्री अर्जुननरसिंह केसी सहभागी भएका थिए । 

यस्तै एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ