१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

२६ चैत्र २०७८, शनिबार १२:०८

चैत्र २६, बुटवल | चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन्  । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन् ।

माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको नेतृ भुसालले बताइन् । निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन् । तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन् ।

भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलगायतले एमालेमा स्वागत गरेका हुन् । नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्ला  सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपु, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मुमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेललगायत छन् ।

कार्यक्रममा बोल्दै एमालेका सचिव छविलाल विश्वकर्माले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अव कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गरे । आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उनले बताए । 

एमाले स्थायी समिति सदस्य मणि थापाले माओवादी केन्द्रको आफ्नो अस्तित्व र पहिचान मेटिँदै गएको भन्दै अव सही बाटो हिँड्न कार्यकर्तालाई आग्रह गरे । 

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल नगर इन्चार्ज कृषि पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल