भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताए"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरिन्छ: र्अर्थमन्त्री

२०७३, १४ भाद्र मंगलवार १२:०५

भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । 

मंगलबार अर्थमन्त्री महराले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको  बताए । 

राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने-, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन । अब राजनीतिक पूर्वाग्रह राखिन्न ।” 

सरकारको मुख्य काम संविधान कार्यान्वयन भएको स्पष्ट गर्दै अर्थमन्त्री महराले संविधानमा अधिकतम सहमति गरेर अगाडि बढ्ने बताए । उनले भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउने विश्वास दिलाए । 

अर्थमन्त्री महराले आर्थिक क्षेत्रसँग सम्बन्धित सबै ऐन तथा कानुनलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउँदै अभिसन्धि ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई अगाडि बढाउने जानकारी दिए । 

उनले आफू मन्त्री भएपछि युवा उद्यमी छान्ने कार्य, बजेट कार्यान्वयनका लागि योजना र राजस्वको आधुनिकीकरणसम्बन्धी निर्णय गरेको जानकारी दिए । अर्थमन्त्री महराले स्थानीय निकाय, प्रान्त र केन्द्रको निर्वाचन गरेपछिमात्र संविधान कार्यान्वयन तथा शान्ति प्रक्रियाका बाँकी काम सापेक्षित रुपमा अन्त्यतिर पुग्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिएको बिचारव्यक्त गरे । उनले भने-, “सङ्क्रमणकालको अन्तिम अवस्थामा छौँ तीन वटा निर्वाचन गरेपछिमात्र केही स्थिरता आउँछ, यो नै यथार्थ हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु