भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने &nbs"/>
२०८२, १३ चैत्र शुक्रबार
काठमाडौँ - KTM

प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्छ: मन्त्री पौडेल

२०७३, १५ भाद्र बुधबार ०८:०५

भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने  बताएका छन् । 

नवौँ पुस्तकालय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले पुस्तकलाई सुरक्षित बनाउन त्यसलाई सफ्टवेयरमा विकास गर्नुपर्नेमा जोड दिँदै ज्ञानको फैलावट गर्न पुस्तकालयको महत्व रहेको  बताए । 

उनले भने– “पुस्तकालय ज्ञानको असीमित भण्डार हो, ज्ञानको दायरा विश्वव्यापी रुपमा फैलिएको हुन्छ । त्यसैले पुस्तकलाई दिगो र भरपर्दो बनाउन प्रविधिमा ध्यान दिनुपर्छ ।” 

नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले देशमा सबै जनताको पहुँचमा पुग्ने गरी पुस्तकालय विकास गर्नुपर्नेमा जोड दिए । 

निमित्त शिक्षा सचिव डा डिल्लीराम रिमालले सभ्यताको प्रतीक तथा ज्ञानको थलोका रुपमा पुस्तकालय स्थापित भएको बताउँदै सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यबाट देशभर पुस्तकालयको विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे । 

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, रिड नेपालका प्रतिनिधि चिनकाजी श्रेष्ठ, पुस्तकालय विकासका अभियन्ता अशोक थापा, दशरथ मिश्रलगायतले पुस्तकालयको विकासका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै सफल पुस्तकालयको हुनका लागि सदस्य सङ्ख्या क्रमिकरुपमा बढाउँदै जानुपर्ने विचार व्यक्त गरे । 

सो अवसरमा पुस्तकालयको विकासमा योगदान गरेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउन थालिएको छ । यस वर्षको नारा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने रहेको छ । अहिले देशभर करिब ४० हजार पुस्तकालय रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु