भदौ १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको ल"/>
२०८२, ३० माघ बिहीबार
काठमाडौँ - KTM

मेरै कार्यकालमा आन्तरिक र बाह्य गरि १८ वटा जहाज किन्छु: मन्त्री शाही

२०७३, १६ भाद्र बिहीबार ०६:५५

भदौ १६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले भने,‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता छ, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५/६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०/१२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु, यसमा पत्रकारहरुको साथ र सहयोग चाहिन्छ, विमान किन्न म पछि हट्दिन् ।’

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका हुन् । उनले भने,‘विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन थियो, अब त्यो नहोस भन्ने म चाहन्छु, यसमा सबैको सहयोग चाहिन्छ, पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ ।’

उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं ।”

उनले हाल वर्षमा ५०/६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामुलक र विदेशी उडानलाई डलर आम्दानी गर्ने व्यवसायिक माध्यमको रुपमा विकास गरेमात्र पर्यटनको विकासबाट मुलुक समृद्ध हुने स्पष्ट पारे ।

‘‘एक महिनाभित्र क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणको कार्यतालिका सार्वजनिक गर्छु’’उनले भूकम्पबाट क्षति भएको सम्पदाको पुर्ननिर्माणको लागि लाग्ने खर्च योजनासहित एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको बताए । उनले अघि थपे,‘पर्यटन सम्पदाहरु तत्काल बनाउनुपर्छ, भुकम्पबाट क्षति भएका सम्पदाहरुको पूर्ननिर्माण धिमा गतिमा भैरहेको छ, मैले सम्बन्धित सबै निकायहरुलाई एक महिनाभित्र कार्ययोजना ल्याउन निर्देशन दिईसकेको छु, उहाँहरुबाट कार्ययोजना आएपछि म सम्पदाहरुको पुर्ननिर्माणको योजना सार्वजनिक गरेर पूर्ननिर्माणको कार्यलाई तिव्रता दिन्छु ।’

उनले मुलुक संघीयतामा गैसकेकोले ७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत जनाए । उनले अघि थपे,‘कुन प्रदेशमा कस्ता–कस्ता विमानस्थल बनाउनुपर्छ, पर्यटन विकासको लागि कस्तो पूर्वाधार चाहिन्छ, सम्भावनाहरु के के छन भनेर मैले रिपोर्ट माँगेको छु ।’

मन्त्री शाहीले पोखरा, निजगढ, भैरहवा लगायतका विमानस्थल निर्माण गर्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भन्दै कुन ठाउँमा के कति काम भैरहेको छ भनेर मुल्यांकन गर्नको लागि दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न निर्देशन दिएको जनाए । त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाई र शौचालयको सरसफाई, फोहोरको व्यवस्थापन, ट्याक्सीको समस्या समाधान गर्नको लागि आफूले निर्देशन दिईसकेको स्पष्ट पारे । उनले अघि थपे,‘अहिले धमाधम काम भैरहेको छु, म पूनः अनुगमनको लागि जान्छु ।’उनले विमानस्थलमा कसैले फोहोर गरेमा पाँच हजार जरिवना गर्नेबारेमा तयारी भैरहेको समेत जनाए । 

उनले आफू पनि अनियमितता र भ्रष्टाचार नगर्ने र अरु कसैले गरेको थाहा पाए त्यसलाई नछोड्ने र कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको हवाई उड्डयन क्षेत्रलाई ब्याकलिष्टबाट हटाउने विश्वास व्यक्त गरे । उनले भने,‘व्ल्याकलिष्टबाट हटाएर नेपाली उड्डयन क्षेत्र पनि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छु, यसमा साथ सहयोग आवश्यक छ, केही दिनभित्रै नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित भएको प्रमाणित गर्छु र व्ल्याकलिष्टबाट हटाएर अन्तरास्ट्रिय क्षेत्रमा विश्वसनीयता बढाउँछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि