१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेणु दाहालप्रति भरतपुरको मेयरमा एमालेका उम्मेदवारको कटाक्ष– शिलान्यास गरेर पुरा गरेको परियोजा एउटै छ

२५ बैशाख २०७९, आईतवार ११:००

बैशाख २५, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । 

भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।

‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेणु दाहाल)ले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।

भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताउ । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले जनाए । 

‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने । 

आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार