२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महालक्ष्मी नगरपालिका: यस्ताे छ दलहरूकाे अवस्था

२०७९, २५ बैशाख आईतवार ११:२१

वैशाख २५, ललितपुर | ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार पाँच सय मत ल्याएका थिए ।

अहिले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाे छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल छन् । उपमेयर कांग्रेसले पाएकाे छ । 

एमाले विभाजनकाे असर महालक्ष्मी नगरपालिकामा बढी पर्ने अनुमान गरिएकाे छ । तर पनि प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच नै हुने देखिन्छ ।

नगरपालिकामा सबै पदमा गरेर दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा नाै र उपमेयरमा पाँचजना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र  दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उठेकी छन् । एमालेबाट उपमेयरमा विना सुवेदी केसी मैदानमा छिन्। 

मेयर उम्मेदवार कट्टेलले ग्वार्कोमा फ्लाइओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वराेजगार, पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् । ‘नगरबासीको इच्छाअनुसार नै नगरपालिकाको विकासका लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ । विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’,उनी भन्छन् । 

बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो ।  

२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ । यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सीमा जोडिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि नगरपालिकाको विकासको अधिक सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल